वर्तमान सरकार भ्रष्टाचारीको सरकार हो :दीपक गिरी – Kanika Khabar
Monday, May 20Nepali News Portal

वर्तमान सरकार भ्रष्टाचारीको सरकार हो :दीपक गिरी

    मा प्रकाशित

कनिका खबर
मंसिर २९, दाङ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाई मन्त्री दिपक गिरीले वर्तमान सरकार इतिहासकै कमजोर सरकार भएको बताएका छन् । गिरीले हरेक क्षेत्रमा असफल भएको भन्दै सरकारलाई नालायकको संज्ञा दिएका थिए ।

नेता गिरीले वर्तमान सरकार भ्रष्टाचारको पुञ्ज भएको बताउदै केपी ओली गोकुल काण्डलाई संरक्षणमा लागिेका छन् र प्रचण्ड नारायण काण्डलाई संरक्षण गर्न तल्लीन भएको बताए ।

गोकुल बास्कोटाको र नारायणकाजी श्रेष्ठको भ्रष्टाचार सार्वजनिक हुँदा सम्म सरकार मौन रहेर बस्नुले यो सरकारको औचित्य सकिएको नेता गिरिले बताए । उनले थपे, ‘सरकारले नैतिकताको आधार गुमाइसकेको छ । सरकारमा भ्रष्टाचारीहरुको जमघटले मुलुक खोक्रो हुँदै गएको र जनतालाई सास्ती भोग्न बाध्यकारी अवस्था रहेको नेता गिरीले बताए ।
नेता गिरीले भने, ‘नेपाली काङ्ग्रेस लोकतन्त्रको सिपाही हो, सरकारको ज्यादतिका विरुद्ध अब काङ्ग्रेसले औला ठड्याइसकेको छ ।’ उनले थपे, ‘काङ्ग्रेसले सधै लोकतन्त्रको संरक्षण गर्दछ । जनताको साथमा काङ्ग्रेस छ, काङ्ग्रेसले जनतालाई निराश हुन दिदैन । ’

 

 

 

 

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्