सरकारलाई जिम्मेवार बनाउने प्रतिपक्षीकाे दायित्व हाे : नेता थापा – Kanika Khabar
Monday, May 20Nepali News Portal

सरकारलाई जिम्मेवार बनाउने प्रतिपक्षीकाे दायित्व हाे : नेता थापा

    मा प्रकाशित

मंसिर ३०,काठमाडौं ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले काँग्रेसले अहिले बाँकी सबै कुरा बिर्सेर सरकारलाई जनताप्रति उत्तरदायी तथा उनीहरुको दुःखप्रति जिम्मेवार बनाउने प्रयास गरिरहेको बताए ।

नेता थापाले देशभर सडकमा ओर्लिएर सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता रहेको उल्लेख गरे । उनले भने, “यस परिस्थितिमा प्रतिपक्षको धर्म भनेको सरकारलाई झकझक्याउनु र जनताको दुःखप्रति जिम्मेवार बनाउनु हो ।” युवा नेता थापाले पार्टीको महाधिवेशनका विषयमा सम्भवतः पुसको २ वा ३ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्