कनिका संवाददाता
जेठ ६, दाङ ।
पछिल्लो अध्यावधिक अनुसार धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
धनकुटा जिल्ला अस्पतालकाे स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारको सदस्य रहेका विपीका सहायक प्रवक्ता डा अशोक ऐरले बताए । सोमबार धनकुटा अस्पतालकी नर्समा संक्रमण देखिएपछि ८३ जनाको नमुना संकलन गरिएको थियो । तीमध्ये पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो ।