वनमा आगलागी : कोरोना सचेतनाको लागि परिचालित युवाद्वारा नियन्त्रण – Kanika Khabar
Friday, December 5Nepali News Portal

वनमा आगलागी : कोरोना सचेतनाको लागि परिचालित युवाद्वारा नियन्त्रण

    मा प्रकाशित

दुख हरण यादव

गढवा  ७, जेठ ।

गढवा गाउँपालिका वडा नं ४ को सालझुण्डी सामुदायिक वनमा अगलागी भएको छ । मङ्गलबार दिउँसो १२ बजे लागेको आगलागी कोरोना नियन्त्रणको लागि परिचालित युवाले तथा उपभोक्ताले नियन्त्रण लिएका छन् । लकडाउनको पूर्ण पालना गराउन तथा कोरोना सचेतना फैलाउने उद्देश्यले गठित युवाहरुको टोलीतथा सामुदायिक वनको उपभोक्ताहरुको सहभागितामा मंगलबार दिउँसो १२ बजे लागेको आगो नियन्त्रणमा आएको सालझुण्डी सामुदायिक बनका अध्यक्ष राम लक्ष्मण शाहले जानकारी दिए । बिहान ११:३० बजे सम्म बनमै गस्ती गर्दा आगालागी नभएको बताउदै शाहले लकडाउनको समयमा बनमा घुम्न जाने , खजुरी खान जानेहरुले चुरोट खाएर ठुटो ननिभाएर फाल्दा आगलागी भएको हुन सक्ने बताएका छन । आगलागीबाट लगभग ५ हेक्टर क्षेत्रफलमा क्षति भएको छ । सुख्खा मौसममा डढेलो लाग्ने सम्भावना बढेकोले उपभोक्ताहरु जागरुक भइ बन संरक्षणको लागि नियमित गस्ति र सचेतना फैलाउनका लागि सबै तदारुकताका साथ लाग्नु पर्ने डिभिजन बन कार्यलय लमहीका प्रमुख प्रबिण बिडारीले बताएका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्