गौतमले लेखे शङ्कर पोख्रेल र कृष्णबहादुर महरालाई खुलापत्र – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गौतमले लेखे शङ्कर पोख्रेल र कृष्णबहादुर महरालाई खुलापत्र

    मा प्रकाशित

श्री शंकर पोख्रेलज्यू तथा श्री कृष्णबहादुर महराज्यू
बिषय : घोराहीमा उपचार सेवा बहाली सम्बन्धमा ।

महोदय,
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुरूप कोरोना रोगीहरूलाई उपचार गराउन अन्य सबै उपचार सेवाहरू स्थगित गरेको छ ।
यो निर्णयले यस क्षेत्रका जनतालाई आतङ्कित बनाएको छ । फलस्वरूप विभिन्न ढङ्गले आक्रोश सामाजिक सञ्जालमा व्यक्त भैरहेका छन् । कसैले स्वास्थ्य मन्त्रालयप्रति आक्रोश पोखिरहेका छन्, कसैले प्रतिष्ठानप्रति । यसमा यथार्थ पनि छ, पुराना कुण्ठा पनि मिसिएका छन् । तर मूल कुरा र साझा कुरा यहाका जनता यो निर्णयबाट निराश, दुखी र आक्रोसित छन् ।

यो महामारीको समय हो, यसमा सरकारको ध्यान जानू स्वाभाविक छ । त्यसैले कुनै पनि अस्पताललाई कोरोना उपचारकेन्द्र बनाउन सक्छ । बनाउनु पर्छ ।
तर राज्य अरू रोगप्रति गैरजिम्मेवार बन्न मिल्दैन । अस्ति मात्रै एक जना बहिनीको ब्लिडिङको समस्या आयो । जीवन नै जाला जस्तो भो । रातारात अपरेसन गरेर जीवन रक्षा गर्नु प¥यो, मेरै आफन्त बुढा बा हुनुहुन्छ उहाँलाई एकाएक अक्सिजन दिनु प¥यो । यस्ता समस्याहरूको कुनै विकल्प नदिएर, अरू रोगहरूको उपचार गर्ने वैकल्पिक व्यवस्था नदिएर अस्पतालका सेवा बन्द गर्नु अमानवीय कदम हो ।

यो सानो पत्रमा ती वैकल्पिक व्यवस्थाको चर्चा सम्भव छैन । तर राज्यले चाह्यो भने सामान्य खर्चमा निजी अस्पताल र ल्याबहरूसँग मिलेर उपचारको प्रबन्ध गर्न सक्छ, त्यो पनि सुलभ रुपमा र सरकारी उपचार सरह ।

कोरोना मात्रै हैन, मार्नका लागि हामीलाई रुवाउनका लागि पुरानै रोग पनि छन्, ‘दुनियामे बहुत से गम है मोहब्बत के शिवा’ भनेझै कोरोना बाहेक पनि दुख छन् हजुरहरुका जनताका अघि पछि त बाचेकै छाँै दुख सुख । तर रोगसँग लड्न त राज्य चाहियो ए हजुर ।

यो विषय हजुरहरूले चाहे समाधान हुन्छ । ठाउँ तथा अन्य सबै व्यवस्था नहोउन्जेल त्यो प्रतिष्ठानको सूचना रद्द होस् । घोराहीमा उपचार व्यवस्था पुनर्वहाली होस् ।

प्रार्थी
किशोर चन्द्र गौतम
घोराही —१५, दाङ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्