कनिका संवाददाता
जेठ ७ दाङ ।
संघीय सरकारले कोरोनाबाट बढी प्रभावित दुईवटा प्रदेशमा २० जना चिकित्सक पठाउने भएको छ । प्रदेश नम्बर दुई र प्रदेश नम्बर पाँचका लागि दस–दस जना चिकित्सकको टोली पठाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्णय गरेको हो ।
मन्त्रालयले पठाउने निर्णय गरिसकेकाले तत्काल टोली पठाउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी गराए । मन्त्रालयका अनुसार मुलुकभरमा विभिन्न क्वारेन्टाइन्मा २१ हजार ६ सय २३ जना रहेका मध्ये सबैभन्दा बढी प्रदेश नम्बर पाँचमा १३ हजार ६ सय ३८ जना छन् भने त्यसपछि प्रदेश नम्बर दुईमा तीन हजार चार सय १ जना रहेका छन् । चार सय ५७ जना आइसोलेनसमा रहेका मध्ये सबैभन्दा बढी प्रदेश नम्बर पाँचमा एक सय ८ र त्यसपछि बढी प्रदेश दुईमा एक सय ३७ जना रहेका छन् ।
अहिलेसम्म देशभरका विभिन्न अस्पतालबाट ३७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।