कनिका डेस्क ।
जेठ ७, दाङ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्ति गु्ल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको समाचार प्रकाशन प्रशारण भए पनि अस्पतालले मृत्यु नभएको र अवस्था गम्भीर भएको जनाएको छ ।
गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो समाचार प्रकाशन प्रशारण भएको हो । उनी गुल्मी मदाने–६ पुार्कोट दहको निमाविका प्रधानाध्यापक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता अघिदेखि उनमा ज्वरो देखिएको थियो ।
उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको हो ।