जनमतकाे अपमान भयाे : घिमिरे – Kanika Khabar
Monday, May 20Nepali News Portal

जनमतकाे अपमान भयाे : घिमिरे

    मा प्रकाशित

सपना बाेहाेरा
पुस ५, दाङ ।
नेपाली कांग्रेसका युवा नेता कमल किशोर घिमिरेले प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको बताएका छन् । संसद विघटनको विषयमा कुरा गर्दै युवा नेता घिमिरेले प्रधानमन्त्री ओलीको यो कदमले कम्युनिस्ट चरित्र उदाङ्ग भएको बताए । ‘दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैर जिम्मेवारपूर्ण छ’ उनले भने । यसले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंलाहरु निम्त्याउन सक्ने बताए । ‘यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्ने अझ बढी मतियार बन्नु मुलुकको लागि दुर्भाग्यपूर्ण हाे ’ उनले भने । आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय भएको उनले बताए

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्