म बृहत् कम्युनिष्ट एकताको पक्षमा छु : महरा – Kanika Khabar
Monday, May 20Nepali News Portal

म बृहत् कम्युनिष्ट एकताको पक्षमा छु : महरा

    मा प्रकाशित

पाण्डव शर्मा
घोराही, ६ मंसिर ।

निर्वतमान सभामुख कृष्णबहादुर महराले आँफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्दै उहाँले आँफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताउनुभयो । ‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उहाँले भन्नुभयो, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।’
उहाँले अहिले देश दुई धुब्रमा विभाजित भएको उल्लेख गर्दै बहश र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणा व्यक्त गर्नुभयो । नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको समेत उहाँले संकेत गर्नुभयो । ‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भन्नुभयो, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ ।’
अहिले नेकपा विभाजित भइनसकेपनि विभाजनको संघारमा पुगेको उहाँले बताउनुभयो । ‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन ।’ छलफल र बहशलाई तुषको रुपमा नभएर स्वच्छरुपमा अगाडी लैजानुपर्ने महराको भनाई छ । उहाँले अहिलेको अवस्थामा प्रतिकृयावादीहरुको विरुद्धमा लाग्दै जनताको सेवा गर्नुपर्र्ने धारणा व्यक्त गर्नुभयो । यस्तो अवस्थामा साना कुरामा अल्झन नहुने महराले बताउनुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले सच्चा कम्युनिष्टहरु एकता र सहकार्यको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्