थप ४ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४९ पुग्यो – Kanika Khabar
Sunday, April 27Nepali News Portal

थप ४ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४९ पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ ८, दाङ ।

टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट कोरोना भाइरस को रिपोर्ट नेगेटिभ आएपछि ४ जना डिस्चार्ज भएका छन् ।

अस्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितलाई डिस्चार्ज गरिएको बताए ।
कोरोना संक्रमित अब १ जनामात्रै टेकु अस्पतालको आइसोलेसनमा रहेको निर्देशक राजभण्डरीले बताए ।

४ जनाकोरोना भाइसरमुक्त हुने मध्ये एक जना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् । फाउन्डेशनकी ती कर्मचारीलाई वैशाख ३१ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
योसँगै हालसम्म नेपालका विभिन्न अस्पतालबाट कोरोनामुक्तभएर डिस्चार्ज हुनेको संख्या ४९ जना पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्