एमसीसी सम्झौता लागू गर्नुपर्छ : उर्जामन्त्री रायमाझी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

एमसीसी सम्झौता लागू गर्नुपर्छ : उर्जामन्त्री रायमाझी

    मा प्रकाशित

कनिका खबर                                                                       पुस १२, काठमाडाैं

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेकाले लागू गर्नुपर्ने बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु भए सच्याउन सकिने तर एमसीसी नै अपराध हो, सैन्य आक्रमण हुन्छ भनेर चलाइएका भ्रममा विश्वास नगर्न उनले आग्रह गरे ।

‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ,’ रायमाझीले भने ।

उनले मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्