चिनियाँ टोली राष्ट्रपति कार्यालयमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

चिनियाँ टोली राष्ट्रपति कार्यालयमा

    मा प्रकाशित

कनिका खबर                                                                      पुस १२, काठमाडाैं

नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ ।

केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए ।

राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्