एमसीसी खारेज गर – १० बामकाे संयुक्त बक्तव्य – Kanika Khabar
Saturday, August 15Nepali News Portal

एमसीसी खारेज गर – १० बामकाे संयुक्त बक्तव्य

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ९, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा(माले) नेकपा(माओबादी केन्द्र) राष्ट्रिय जनमोर्चा, देजमो, नेकपा (संयुक्त) जन समाजवादी पार्टी नेपाल सहितका १० राजनीतिक दल तथा संगठनले एमसीसी खारेज गर्न र देशलाई अमेरिकी साम्राज्यादको अखडा बन्न नदिन जोडदार माग गर्दै संयुक्त बक्तब्य निकाले छन् ।

उनीहरुले आज एक संयुक्त वक्तव्य प्रकाशित गरी एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिको अंग भएको अमेरिकी राजदूतले नै स्पष्ट पारिसकेको बताउँदै त्यसलाई दृढतापूर्वक खारेज गर्नुपर्ने बताएका छन् ।

एमसीसी पारित गरिए नेपालको स्वतन्त्र परराष्ट्र नीति र सार्वभौमिकतामा समेत गम्भीर आँच पुग्ने वक्तव्यमा उल्लेख छ । मोहनविक्रम सिंह, महामन्त्री, ने.क.पा. (मसाल), मोहन बैद्य (किरण), महासचिव, ने.क.पा. (क्रान्तिकारी–माओवादी),सीपी मैनाली, महासचिव, ने.क.पा. (माले),चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चार सी.पी.गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, लोकनारायण सुवेदी, सहसंयोजक, नेपाल कम्युनिष्ट पार्टी, गोपाल किराती, अध्यक्ष, ने.क.पा. (माओवादी केन्द्र), सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी, जनजागरण परिषद, नेपाल र केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त)को हस्ताक्षरमा वक्तव्य जारी गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्