थप ३० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४ सय ८७ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

थप ३० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४ सय ८७

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ९, दाङ ।

पछिल्लो अध्यावधिक अनुसार नेपालमा थप ३० जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ५७ मा पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनायको छ ।

अनुसार चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १, सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, जनामा कोरोना संक्रमण देखिएको हो ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकाका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसै गरी कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो ।

नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।
त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Image may contain: text

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्