पूर्व राज्य मन्त्री चाैधरीकाे निधन – Kanika Khabar
Friday, March 28Nepali News Portal

पूर्व राज्य मन्त्री चाैधरीकाे निधन

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ९ , दाङ ।

 

हृदयघातका कारण पूर्व राज्य मन्त्री दुर्योधनसिंह चौधरीको निधन भएको छ । दुई दिन अघि हृदयाघात भएपछि उपचारका क्रममा बुटवलको मुटु अस्पतालमा अाज शुक्रबार मृत्यु उनको भएको हो। रुपन्देहीको ओमसतिया निवासी चौधरी ३ पटक सहायक र राज्यमन्त्री भएका थिए । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका चौधरीको ७० वर्षको उमेरमा निधन भएको हाे ।

चौधरीका ३ छोरा १ छोरी र श्रीमती छन् । उनी महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री, आपूर्ति सहायक मन्त्री तथा स्थानीय प्रशासन राज्य मन्त्री भएका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्