१६ दिनका शिशु स्वस्थ भएर घर फर्के – Kanika Khabar
Thursday, March 28Nepali News Portal

१६ दिनका शिशु स्वस्थ भएर घर फर्के

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ९, दाङ ।

कोरोना भाइरसको सङ्क्रमणले आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु आज अस्पताल घर गएका छन् । उनको दोस्रो पिसिआर रिपोर्टमा कोरोना नभएको पाइएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनको पहिलो पिसिआर रिपोर्टमा पनि कोरोना नभएको पाइएको थियो । तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो ।

अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भएको र डिस्चार्ज गर्न योग्य रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो । शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न अस्पतालले सुझाव दिएको छ । साथै क्वारेन्टाइनबाट घर जानुअघि पनि परीक्षण गर्न भनेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीय सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । त्यसपछि नवजात शिशुसहित परिवारका सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो । परिवारका अन्य सदस्यको पनि कोरोना नेगेटिभ देखिएको छ ।

उनीहरूलाई पनि आजै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्