सम्पादकीय
विश्व महामारीको रुपमा देखिएको कोभिड १९ ले यतिबेला एउटा त्रासदीको रुपमा विस्तारति भइरहेको छ । डिसेम्बर २०१९ मा चीनको वुहानमा देखिएको भाइरसले सोचेभन्दा बढी भयावह रुप लिइरहेको छ । विश्वका शक्ति सम्पन्न राष्ट्रमा समेत यस भाइरसले बितण्डा मच्चाइरहँदा विश्वको स्वास्थ्य क्षेत्रमा समेत प्रश्न चिह्न खडा भएको छ । एकातिर विश्वको स्वास्थ्य क्षेत्र हैरानी अवस्थामा छ भने अर्कोतर्फ विज्ञानको आविष्कारमा त्यतिकै चुनौति देखिन थालेका छन् । यो समस्या विश्वव्यापी बन्दै गएको छ । कोभिड १९ चीनको मात्र समस्यामा सीमित रहेन विश्वको समस्याका रुपमा देखियो । स्वभावतः नेपाल पनि यसबाट अछुतो रहन सकेन । यद्यपि नेपालमा भाइरसको समस्या त्यति डरलाग्दो अवस्थामा देखिनसकेको भए पनि चिन्ताजनक अवस्थामा भने रहेको छ । सरकारले अपनाएको सजगता सह्रानीय नै छ परिणामतः भाइरसको फैलावट स्वभावतः नेपाल पनि यसबाट अछुतो रहन सकेन । यद्यपि नेपालमा भाइरसको समस्या त्यति डरलाग्दो अवस्थामा देखिनसकेको भए पनि चिन्ताजनक अवस्थामा भने रहेको छ । सरकारले अपनाएको सजगता सह्रानीय नै छ परिणामतः भाइरसको फैलावटले त्यति तीव्रता लिन सकेको छैन । गत चैत्र ११ गतेदेखि राज्यले घोषणा गरेको लगडाउनलाई अझैं प्रभावकारी बनाउँदै लैजानुको विकल्प नेपालका लागि छैन । यसलाई प्रभावकारी बनाउनु आम नागरिकको दायित्व हो ।
लगडाउनसँगै यतिबेला थुप्रै समस्या पनि देखिन थालेका छन् । समस्या दिनानुदिन बढ्दै जान थालेपछि सरकारको जिम्मेवारी पनि थपिदै जान थालेका छन् । यतिबेला सरकारको आलोचना पनि हुँदै आएको छ । सबैभन्दा चनाखो सरकार हुनुपर्छ । यो सरकारको दायित्व हो । सरकार आम नागरिकको अभिभावक हो, शासक होइन यसलाई सरकारले बुझ्न जरुरी छ । तर, सरकारले आफूलाई शासकको रुपमा बुभिरहँदा समस्या झन कसिल ो बन्दै जान थालेका छन् । यतिबेला राज्यमा देखिएको पहिलो समस्या नागरिकको स्वास्थ्य हो भने दोस्रो समस्या भोकको निदान हो । रोग र भोग दुबै निकै डरलाग्दो रुपमा मडारिदै आएका छन् । हुनेखाने वर्गले अझै भोकको सामना गर्न परेको छैन तर हुँदा खाने वर्गले भोकको सामना गरिरहेको छ । यहाँ हुँदा खाने वर्ग मात्र होइन घरबाट बाहिर रहेका मानिसका लागि पनि थप जटिलता सिर्जना हुन थालिसकेका छन् । राजधानी लगायत देशका विभिन्न भुगोलबाट माजिसहरु हप्तौ दिनको पैदल यात्राबाट घर गन्तव्य बनाइरहेका कहालीलाग्दो अवस्था घाम जत्तिकै छर्लङ्ग छ । अब मानिस कर्मथलोबाट जन्मथलोतर्फ कुदिरहेका छन् । राज्य यतिबेला नदेखेको भान गरिरहेको छ । लगडाउनको अर्थ यातायात र पसल मात्रध बन्द होइन एक ठाउँबाट अर्को ठाउँको आवतजावतलाई पनि रोक्नु हो । जो जहाँ छौँ त्यही सुरक्षित रहनु हो, त्यही बस्नु हो । कर्मथलोबाट बाहिररहेका मानिस बाहिरिदैमा सरकारको टाउको हलुका कदापि हुने छैन, किनकि राजधानी मात्र राज्य होइन, राजधानी सुरक्षित हुँदैमा देश सुरक्षित पनि हुँदैन । अर्को कुरा स्वास्थ्य क्षेत्रलाई यतिबेला निकै मजबुत बनाउनु पर्नेछ । औषधि र उपकरण खरिदमा देखिएका अमितव्ययिता तथा सरकारका मन्त्रीहरुको शैलीले सरकारलाई कमजोर मात्र बनाएको छैन, जनताको स्वास्थ्यमा देखाएको खेलवाड पनि त्यतिकै बलियो रुपमा आएको छ । यो संवेदनशील घडिमा राज्यले आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउनसक्नु सरकारका लागि नै फाइदाजनक रहन्छ ।
लगडाउनसँगै यतिबेला थुप्रै समस्या पनि देखिन थालेका छन् ।
समस्या दिनानुदिन बढ्दै जान थालेपछि सरकारको जिम्मेवारी पनि थपिदै जान थालेका छन् ।
यतिबेला सरकारको आलोचना पनि हुँदै आएको छ । सबैभन्दा चनाखो सरकार हुनुपर्छ ।
कोभिड १९का कारण विश्वका हरेक क्षेत्र प्रभावित भएका छन् । यतिबेला आम नागरिकले संयमता अपनाउन जरुरी छ । राज्यले रोग र भोकको समस्या कसरी टार्ने भनेर अहोरात्र खटिरहेको छ । मुलुकको अर्थतन्त्रदेखि शिक्षा, स्वास्थ्य, उद्योग, कलकारखाना, पर्यटन, होटललगायत सबै क्षेत्रमा असर परेको छ । अबको राज्यको गृहकार्य यो भयाबह अवस्था साम्य भएपछि यी क्षेत्रलाई कसरी सुचारु गर्ने भन्ने रहनुपर्छ । समस्यामा सहकार्य संस्कृतिको विकास गरेर अगाडि बढ्न जरुरी छ ।