बैशाख २९ गतेदेखि दाङका एक बालक सम्पर्कबिहीन – Kanika Khabar
Wednesday, May 13Nepali News Portal

बैशाख २९ गतेदेखि दाङका एक बालक सम्पर्कबिहीन

    मा प्रकाशित

दाङ । दाङका एक बालक हिजो मङ्गलबारदेखि सम्पर्कबिहीन भएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरका बिनित जिएम सम्पर्कबिहीन भएको पारिवारिक स्रोतले जनाएको हो ।

एसइईको रिजल्टमा ननग्रेडेड भएपछि घरमा अभिभावकले गुनासो गर्दा उनी घरबाट निस्किाएका उनका अंकल बसन्त जिएमले बताएका छन् । पद्मोदय नमुना मावि भरतपुर दाङबाट एसइई दिएका बिनितको रिजल्ट ननग्रेडेड आएपछि घरमा बाबुआमाले गाली गर्दा घर छोडेको परिवारले जनाएको द्ध ।
२०८३ बैशाख २९ गते घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुर घरबाट अन्दाजी बिहान ५ बजे घरबाट मोबाइल नम्बर ९८१०८४०५१९ बोकी निस्केको र हालसम्म कुनै सम्पर्कमा नआएको परिवारले बताए ।

उनी बिनोद जि एमका छोरा हुन् । बुबा बिनोद जिएम, ठुलो बुवा बसन्त जिएम नारायण जिएम र बामदेब जिएम कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८५७८३२१३१ मा सम्पर्क गरिदिनुहुन आग्रह गरेका छन् ।
प्रहरीले पनि उनको खोजी कार्य जारी राखेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्