पाकिस्तानमा विमान दुर्घटना – Kanika Khabar
Friday, April 26Nepali News Portal

पाकिस्तानमा विमान दुर्घटना

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १०, दाङ

पाकिस्तानको कराँची विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एइरलाइन्स (पिआइए) को विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेसनल एयरपोर्टमा विमान अवतरण हुनुभन्दा एक मिनेट पहिले दुर्घटनामा परेको हो । विमानमा ९७ जनाको रहेको अनुमान गरिएको छ । जसमध्ये ८५ जना यात्रु र १२ जना विमानमा चालक दलका सदस्य छन् । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । पिआइएका प्रवक्ता अब्दुल्लाह हाफीजले दुर्घटना हुनुमा केही प्राविधिक त्रुटि हुन सक्ने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्