सीमा समस्या तत्काल अन्तर्राष्ट्रियकरण नगरिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सीमा समस्या तत्काल अन्तर्राष्ट्रियकरण नगरिने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, काठमाडौँ ।
भारतले अतिक्रमण गरेको कालापानीको नेपालको भूभागसम्बन्धी विवादलाई नेपालले तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने जनाएको छ । भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गर्दै सरकारले सीमा विवादलाई अहिले नै अन्तराष्ट्रियकरण गर्न आवश्यक नरहेको निश्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद्को बैठकले कुटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन हुने भएको छ । हिजो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संविधान संशोधन विधेयक संसदमा दर्ता भएको हो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्