कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चार महिना पूरा । – Kanika Khabar
Thursday, February 13Nepali News Portal

कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चार महिना पूरा ।

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, दाङ ।

नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको आज चार महिना पूरा भएको छ । १० माघ २०७६ मा चीनको वुहानबाट आएका विद्यार्थीमा पहिलो सङ्क्रमण फेला परेको थियो । मुलुकलाई लकडाउन अर्थात् बन्दाबन्दीमा राखेकै पनि दुई महिना पुगेको छ ।

बन्दाबन्दीका कारण मानिसहरूको जीवन थप अफ्ठेरो हुँदै गएको छ । देशमा कोरोना भाइरस सुरु भएको चार महिनामा देशमा तीनजना व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ । यो अवधिमा ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सरकारले पछिल्लो समय पीसीआर परीक्षण बढाएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ ।

४२ हजारभन्दा धेरै व्यक्तिको पीसीआर परीक्षण भएको छ भने दु्रत अर्थात् आरडिटी परीक्षण भने ८२ हजारभन्दा बढीको गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्