कनिका संवाददाता
जेठ ११, दाङ ।
कोरोना संक्रमणको जोखिम हुन नदिन आजदेखि वागलुङ जिल्लाका ४ स्थानीय तह सिल गरिएको छ । तमानखोला, बडिगाड, निसीखोला, गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो ।
शनिबार बसेको स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकारवाला हरुको बैठकले उक्त निर्णय गरेको हो । ‘एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने साथै निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइने निर्णय बैठकले गरेको छ ।
बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ ।
बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । भारतबाट आउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताए । भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन् । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् ।