कनिका संवाददाता
जेठ ११, दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएकाे पिसिआर परीक्षणमा थप पाँच जनामा काेराेना पुष्टि भएकाे छ । आज प्रतिष्ठान भएकाे २ सय २९ जनाकाे स्वाब परीक्षण गर्दा २ सय २४ जना नेगेटिभ र ५ जनामा पाेजेटिभ रिपोर्ट आएकाे प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाँकेको राप्ती साेनारी गाउँपालिकाका ४ जना र बाँसगढी ९ बर्दियाकाे १ जनामा सङ्क्रमण देखिएकाे हाे । हालसम्म प्रतिष्ठानमा १ हजार ३ सय ७८ जनाकाे सवाब परीक्षण गरिएकाे छ । जसमध्ये ३६ जनाकाे रिपोर्ट पाेजेटिभ आएकाे हाे ।
२ सय ६६ जनाकाे सवाब परीक्षण प्रक्रियामा रहेकाे छ ।