भूमिसम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन – Kanika Khabar
Friday, October 16Nepali News Portal

भूमिसम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन

    मा प्रकाशित

कनिका खबर
माघ २०, काठमाडौं
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन गरेको छ । ५ दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो । यो आयोगले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने लक्ष्य लिएको छ । ‘नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ को दफा ८ को उपदफा (१) बमोजिमको जिल्ला समितिमा सोही उपदफाको खण्ड क बमोजिम अध्यक्ष र खण्ड ख बमोजिम सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ‚’ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो जारी गरेको सूचनामा उल्लेख गरिएको छ । अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो । जिल्ला अध्यक्षले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउनेछन् । आयोगका अनुसार ७४ जिल्लाका ४ सय १ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ भने १४ वटा स्थानीय तहमा लगत संकलन कार्य जारी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्