खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छः प्रम ओली – Kanika Khabar
Sunday, May 19Nepali News Portal

खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छः प्रम ओली

    मा प्रकाशित

काठमाडौँ, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले आज आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा उहाँले सरकारले खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम गरिरहेको बताउनुभयो ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण खेलकूदमा अरु वर्षभन्दा न्यून बजेट उपलब्ध गराइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले आगामी वर्ष आवश्यक बजेट उपलब्ध गराइने आश्वासन दिनुभयो । नेपालले गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा उल्लेख्य उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गर्दैै आगामी प्रतियोगितामा पनि नेपाली खेलाडीले देशको गौरव बढाउँदै जाने विश्वास व्यक्त गर्नुभयो । हालै नेपाली टोलीले विश्वको दोस्रो अग्लो हिमाल केटु को सफल आरोहण गरी कीर्तिमान कायम गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालीले हार्न नजानेको बताउनुभयो ।

खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो । जहिले पनि स्वर्ण पदक नै प्राप्त गर्ने गरी प्रतियोगितामा भाग लिन उहाँले खेलाडीसँग आग्रह गर्नुभयो । खेलाडीलाई सफलता दिलाउन प्रशिक्षक र सम्म्बन्धित खेल सङ्घको अहं भूमिका रहेको जनाउँदै प्रधानमन्त्री ओलीले न्यून स्रोत साधन भए पनि नेपालले खेलकूद क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै गएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा भेदभाव नगर्न र उत्कृष्ट खेलाडी छनोटमा जोड दिन प्रशिक्षक तथा खेल पदाधिकारीलाई सुझाव दिनुभयो । “खेलकूदको खर्चलाई बेकारको ठान्नु हुँदैन, खेलकूद पनि उत्पादक क्षेत्र हो, खेलकूदमा गरिएको लगानी खेर जाँदैन, यसले देशकै गौरव बढाउँछ”, उहाँले भन्नुभयो । नेपालको भूगोलअनुसारका खेल अघि बढाउन तथा परम्परागत र मौलिक खेलको अन्तरराष्ट्रियकरण गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

अहिले सातै प्रदेशमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र आगामी दिनमा थप योजना अघि बढाइने उहाँले आश्वासन दिनुभयो । केही ठाउँमा कामको जस कसले लिने भन्ने विवाद खडा गरेका कारण पूर्वाधार निर्माण समयमै सम्पन्न हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक र पदाधिकारीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अस्थायी र करारमा काम गर्दै आएका कर्मचारी तथा दुई दशकदेखि एउटै तहमा काम गर्दै आएका कर्मचारीको समस्या समाधानका लागि प्रतिवेदन पेश गर्न युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई निर्देशन दिनुभयो । खेलकूदमा सम्बन्धित मन्त्री र पदाधिकारीले आआफ्ना मान्छे भर्ना गर्दा पनि समस्या आउने गरेको उहाँको भनाइ थियो ।

मूलपानीमा निर्माणाधीन क्रिकेट मैदान चाँडै सम्पन्न गर्न सरकारले पहल गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिनुभयो । यस्तै राष्ट्रिय खेल भलिबलको विकासका लागि राजधानीमा सुविधासम्पन्न कभर्ड हल निर्माण गर्न जग्गा तथा भौतिक पूर्वाधार निर्माणको काम दुई वर्षभित्र सम्पन्न गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री तामाङले खेलकूदको विकासका लागि आफूले सक्दो पहल गर्ने तथा खेलाडी, प्रशिक्षक, सङ्घका पदाधिकारी र कर्मचारीसित छलफल गरी योजना अगाडि बढाइने जानकारी दिनुभयो । अन्तरक्रियाको प्रारम्भमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सरकारले खेलकूदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो दिने जनाउँदै नेपालको खेलकूदको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

उहाँले हरेक जनताका बीचमा खेलकूद पु¥याउनु आवश्यक छ भन्दै सरकारले भौतिक पूर्वाधार, तालीमलगायत विषयमा लगानी गर्नु आवश्यक रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा खेलाडी, प्रशिक्षक, विभिन्न खेल सङ्घका पदाधिकारी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता थियो । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्