कोभ्याक्समार्फत् नेपालले २२ लाख ५६ हजारभन्दा बढी डोज खोप पाउने – Kanika Khabar
Sunday, October 18Nepali News Portal

कोभ्याक्समार्फत् नेपालले २२ लाख ५६ हजारभन्दा बढी डोज खोप पाउने

    मा प्रकाशित

माघ २२, काठमाडौँ ।
नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप पाउने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले हिजो सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने उल्लेख गरेको छ ।

गाभी भ्याक्सिन एलायन्स अन्तर्गत कोभ्याक्समार्फत् पाउने खोप नेपालको कुल जनसंख्याको करिब ३ दशमलव ३ प्रतिशत हो ।यो खोप सन् २०२१ को पहिलो ६ महिनामा प्राप्त हुनसक्ने बताइएको छ ।सबै देशमा समानरूपमा कोरोना खोप उपलब्ध गराउने लक्ष्यसहित विश्व स्वास्थ्य सङ्गठन र खोपबारे पैरवी गर्ने अन्य समूहले सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरेका थिए ।

कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य संगठनले लिएको छ । यसैबीच नेपालमा जारी कोरोना विरुद्धको खोप अभियान अन्तर्गत १ लाख ४५ हजारभन्दा बढीले खोप लगाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्