काँग्रेसको सुझाव : १४ खर्बसम्मको बजेट ल्याउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काँग्रेसको सुझाव : १४ खर्बसम्मको बजेट ल्याउ

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १२, दाङ ।

नेपाली काँग्रेसले आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । काँग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्ट समेतको सम्भावित आँकलन गरी साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो ।

नेपाली काँग्रेसले केही समयअघि पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा अर्थतन्त्र विशेष समिति गठन गरेको थियो । सो समितिले अध्ययन गरी २७ पृष्ठ लामो प्रतिवेदनको मस्यौदा तयार पार्दै सरकारलाई १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो ।

प्रतिवेदनमा सार्वजनिक खर्चको पुन प्राथमिकीकरण, मितव्ययीता तथा आर्थिक अनुशासनबाट खर्चलाई बाञ्छित सीमामा राख्न सुझाव दिइएको काँग्रेस नेता चीनकाजी श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।

राजश्व बाँडफाँट गरेपछि संघीय राजश्व ९ खर्बसम्म हुने अनुमान गर्दै काँग्रेसले आन्तरिक ऋण कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा करीव ५ प्रतिशत रहने गरी २ खर्बको हाराहारीमा उठाउन सकिने बताएको छ । स्रोत, शर्त र क्षेत्र हेरेर विदेशी ऋणपनि २ खर्ब २५ अर्बसम्म उठ्ने र अनुमान गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्