शोभा हुमागाई
माघ २२, काभ्रे ।
कोरोना विरुद्धको खोप अभियान चलिरहँदा, ग्रामिण क्षेत्रमा रहेर काम गर्ने स्वास्थ्यकर्मी खुशी छन् । प्राथमिकतामा परेर सुरुमै खोप लगाउन पाएका काभ्रेका स्वास्थ्यकर्मी खुशी हुनुका साथै निर्धक्क भएर काम गर्न सक्ने बताउँछन् । काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको मेथिन्कोट अस्पतालबाट ४ ओटा स्थानीय तह तेमाल, रोशी, महाभारत गाँउपालिका र नमोबुद्ध नगरपालिकामा खोप कार्यक्रम सकियो । स्थानीय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाईकर्मी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई खोप लगाईएको छ । खोप लगाउन पाउँदा रोशी ५ शिशाखानीका एम्बुलेन्स चालक गंगा बहादुर तामाङ दङ्ग हुनुहुन्छ ।स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई खोपले निकै उत्साहित बनाएको मेथिन्कोट अस्पतालका अनमी अन्जु खरेलको भनाइ छ ।परीक्षणकै रुपमा रहेको कोरोना विरुद्धको खोप लगाउन कतिपय हिचकिचाई रहेका छन् । तर, खोप लगाएपछि कुनै समस्या नरहेको रोशी गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेस्ठ बताउनुहुन्छ ।यो खोप लगाउँदा कतिपयलाई सामान्य रिङ्गटा लाग्ने, ज्वरो आउने, वाकवाक लाग्ने लगाएतका समस्या समेत देखिने सक्छ । खोप लगाएको भोलिपल्ट त्यस्तो समस्या देखिएपनि स्वयमसेवीका शुभद्रा काफ्ले अहिले ठिक हुनुहुन्छ । कोरोना विरुद्धको खोप लगाउन पाएकाहरु खुशी छन् भने, स्थानीयबासी आफुहरुले पनि चाँडै खोप लगाउन पाउनेमा आशावादी छन् ।
मा प्रकाशित


