बाजुराको जगन्नाथ गाउँपालिकामा विशेषज्ञसहितको स्वास्थ्य सेवा सुचारु – Kanika Khabar
Friday, October 16Nepali News Portal

बाजुराको जगन्नाथ गाउँपालिकामा विशेषज्ञसहितको स्वास्थ्य सेवा सुचारु

    मा प्रकाशित

जीवन कैला
माघ २२, बाजुरा ।
बाजुराको जगन्नाथ गाउँपालिकामा विशेषज्ञसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा सुविधा सम्पन्नपाँच शय्याको अस्पताल सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।

संघिय सरकारको ६ लाख लागतमा निर्माण सम्पन्न कोरोना प्रभावित हस्पिटलमा आवश्यक जनशक्ति व्यवस्थापनसहित अस्पताल सञ्चालनमा आएको गाउँपालिकाका प्रवक्ता डवल विकले जानकारी दिनुभयो । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले हिजो एक कार्यक्रमकाबीच अस्पतालको उद्घाटन गरेसँगै सेवा सुचारु भएको प्रवक्ता विकले बताउनुभयो ।

गाउँपालिकामा पाँच शय्याको अस्पताल निर्माण भएसँगै खानेपानी, शांैचालय, बत्ति, वाथरुम लगायतको पुर्ण व्यवस्थापनसहित अस्पतालमा विभिन्न किसिमका सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद प्रसाद गैह्रेले बताउनुभयो । जगन्नाथ गाउँपालिकाका स्थानियको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले पहिलो पटक आवश्यक स्वास्थ्यकर्मी सहितको कोरोना प्रभावित अस्पताल सञ्चालनमा ल्याएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्