म्यानमारमा भएको सैन्य कू असफल पार्न विश्व समुदायसँग संयुक्त राष्ट्रसंघको अपील – Kanika Khabar
Saturday, October 24Nepali News Portal

म्यानमारमा भएको सैन्य कू असफल पार्न विश्व समुदायसँग संयुक्त राष्ट्रसंघको अपील

    मा प्रकाशित

एजेन्सी ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुर्टेसले म्यानमारमा भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गर्नुभएको छ ।चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उहाँले बताउनुभयो । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुर्टेसको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ ।तर, चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन ।

गत सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूचीसहित सबै प्रजातन्त्रवादी नेतालाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ ।

विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । यसैबीच म्यान्मार सेनाले सूचीसहितका नेता विरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै अब १५ फेब्रुवरीसम्म सूचीलाई हिरासतमै राखिने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्