आमहड्तालबाट पुगेको क्षति सरकारले दिने :उपप्रधानमन्त्री ईश्वर पोखरेल – Kanika Khabar
Sunday, October 18Nepali News Portal

आमहड्तालबाट पुगेको क्षति सरकारले दिने :उपप्रधानमन्त्री ईश्वर पोखरेल

    मा प्रकाशित

कनिका खबर
माघ २३, काठमाडौं
नेकपा ओली समूहका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालबाट पुगेको क्षति सरकारले दिने बताएका छन् ।

‘हिजो एउटा ट्याक्सी चालक, जसले जसोतसो गुजारा चलाउनुभएको थियो । उहाँमाथि सांघातिक हमला, तोडफोड र आगजनी गरियो । म यही सभाबाट भन्न चाहन्छु, केपी ओली सरकारले त्यो सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था गर्नेछ’, पोखरेलले भने । उनले हड्तालका क्रममा क्षति पुगेका सबैको क्षतिपूर्ति समेत दिने बताए ।

अर्का समूहका नेकपालाई आततायीकै आरोप लगाएका थिए । ‘हिजो आततायीहरुबाट जनतालाई दुःख दिने, जनतालाई हिजो लुट्ने काम भयो, त्यो सम्पूर्ण क्षति दिन्छौं’, पोखरेलले भने । उनले आफ्नो लडाइँ अराजकता, अस्थिरता र आर्थिक विकास हुन नदिनेहरुका विरुद्ध भएको बताए ।

उनले प्रचण्ड र माधव समूहले निर्वाचन हुन नदिएर लोकतन्त्र र संविधान विरोधी काम गरिरहेको बताए । ‘निर्वाचन आयोगमा गएर धम्की दिनुहुन्छ । खबरदार चुनाव गरौला भन्नुहुन्छ । यो संविधान विरोधी कुरा हो कि होइन रुलोकतन्त्र विरोधी कुरा हो कि होइन रु’, उनले प्रश्न गरे ।

पोखरेलले आफूहरु ताजा जनादेशमा गएर जनताले जे निर्णय दिन्छन् त्यो स्वीकार्न तयार रहेको बताए । जनतासँग केपी ओलीले गरेको संकल्प पूरा गर्न नदिइएकाले ताजा जनादेशमा जानुपरेको पोखरेलले बताए । ‘पाँच वर्ष निर्वाचित प्रधानमन्त्रीलाई बीच बाटै हटाउन खोज्नुभयो । त्यो आम जनताले रुचाएनन्, रुचाउँदैनन्’, उनले भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्