नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने चीनको घोषणा – Kanika Khabar
Friday, October 16Nepali News Portal

नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने चीनको घोषणा

    मा प्रकाशित

माघ २४, काठमाडौँ ।
चीनले नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भएको टेलिफोन संवादमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले अनुदानमा पाँच लाख डोज खोप दिने घोषणा गर्नुभएको हो ।

गत आइतबार चिनियाँ राजदूतावासले नेपाललाई तीन लाख डोज खोप दिने निर्णय भएको जानकारीसहित विज्ञप्ति निकालेको थियो तर परराष्ट्रमन्त्रीस्तरीय टेलिफोन संवादमा चीनले दुई लाख डोज थप दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

दुई देशका परराष्ट्रमन्त्रीबीचको टेलिफोन संवादमा आपसी हितमा आधारित विषयहरूमा छलफल भएको पनि परराष्ट्रले जनाएको छ । छिमेकी भारतले यसअघि नै १० लाख डोज कोभिड खोप उपलब्ध गराइसकेको छ । चीनले नेपाललाई उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्