काङ्ग्रेस दाङकाे शुभकामना – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

काङ्ग्रेस दाङकाे शुभकामना

    मा प्रकाशित

कनिका डेस्क

जेठ १२, दाङ ।

नेपाली काङ्ग्रेस दाङले मुस्लिम समुदायको पर्व ईदको अवसरमा शुभकामना व्यक्त गरेको छ । काङ्ग्रेस दाङका सभापति कीर्ति बहादुर खड्काले शुभकामना सन्देश जारी गर्दै ईश्लाम धर्माबलम्बीहरुमा सुख, शान्ति, समृद्धि , सुस्वास्थ्य तथा दीर्घायुको कामना व्यक्त गरेका छन् ।

नेपालीहरुको धार्मिक तथा सांस्कृतिक विविधताबीच इदले आपसी सद्भाव कायम गर्न प्रेरित गर्ने पनि कांग्रेसले उल्लेख गरेको छ ।

यसैगरी पूर्व सिचाइ मन्त्री दिपक गिरी, राष्ट्रिय सभा सदस्य अनिता देवकाेटा, संविधानसभा सदस्य राजु खनाल, प्रतिनिधि सभाका सदस्य पार्वती डिसी चाैधरी, विमला नेपाली, प्रदेश सभा सदस्य डिल्ली बहादुर चाैधरी, शङ्कर गिरी, अर्जुन श्रेष्ठलगायतले इदकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्