बर्दीमा दम्भ देखिनु हुन्न : आइजिपी क्षेत्री – Kanika Khabar
Sunday, October 25Nepali News Portal

बर्दीमा दम्भ देखिनु हुन्न : आइजिपी क्षेत्री

    मा प्रकाशित

माघ २४, काठमाडौँ ।
प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले आफूलाई प्रहरी अधिकारीभन्दा पनि चिकित्सकको रुपमा बुझेर मानवीय सेवा गर्नुपर्ने बताएका छन्।

नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा अस्पतालमा भएको रक्तदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरक्षिक थापाले युनिफर्मले कतिपय अवस्थामा दम्भ सिर्जना गर्ने तर चिकित्सक पेशाले निस्कामभाव माग्ने बताए ।

उनले युनिफर्म ९बर्दी०को कारण चिकित्सा पेशामा दम्भ आउन नहुनेमा जोड दिए । उनले नागरिकको सेवा गरेबापत प्रहरीलाई आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै अस्पतालबाट प्रदान हुने सेवामा कमि आउन नदिन नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सकलाई निर्देशन दिए ।

कोभिड–¬१९ का कारणले रक्तदान नहुँदा धेरै अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा यहाँ रक्तदान भएको हो । सहभागीले युवा जमात सामाजिक कार्यमा सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले आपसी सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । कार्यक्रममा १०६ पुरुष र २४ महिला गरी कुल १३० जनाले रक्तदान गरेका थिए ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्