स्थानीय तहमा आफ्नै पाठ्यक्रम हुने – Kanika Khabar
Friday, October 16Nepali News Portal

स्थानीय तहमा आफ्नै पाठ्यक्रम हुने

    मा प्रकाशित

जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले विद्यार्थीका लागि आगामी वर्षदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

गाउँपालीकाका सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षा क्षेत्रका विज्ञको सहयोगमा गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्ने निर्णय गरेको हो ।

स्थानीय पाठ्यक्रमका विषयमा गाउँपालिकामा गोष्ठी आयोजना गरी छलफल गरिएको छ । नयाँ लागु हुने पाठ्यक्रममा आफ्नो स्थानीय भाषा, शैली, भेसभुषा र परम्परा समेटिने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सीलाले बताए ।

उनले भने, “हामी आफ्नै पाठ्यक्रम लागु गर्ने तयारीमा छौँ, सबै विज्ञसँग छलफल भइरहेको छ, आगामी वर्ष देखि लागु गर्छौँ ।” उनका अनुसार पहिलो चरणमा यो पाठ्यक्रम आधारभूत विद्यालयमा लागु हुनेछ ।

बोगटान फुड्सिल गाउँपालिकामा मनाइने चाडपर्व, संस्कार संस्कृति, सीप कलाकौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक ज्ञान, स्वास्थ्य र सरसफार्ई, रहनशहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पार्न लागिएको शिक्षा विज्ञ भीम पनेरुले जानकारी दिए ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्