छिट्टै श्वेतपत्र सार्वजनिक हुन्छ : प्रचण्ड – Kanika Khabar
Sunday, October 25Nepali News Portal

छिट्टै श्वेतपत्र सार्वजनिक हुन्छ : प्रचण्ड

    मा प्रकाशित

माघ २५, काठमाडौँ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्थाका बारेमा छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन ।

मिडिया एलाइन्ससँग पार्टीका तर्फबाट आयोजना गरिएको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले उत्पन्न भएको हो ? र, यसले पारेको प्रभावलगायत विषयहरु समेटिएको श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “मुलुकको पछिल्लो अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौँ । त्यसमा समग्र विषय समेटिने छ ।”

अध्यक्ष दाहालले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने पनि बताए ।

“अहिले हामी संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । हामी नागरिक आन्दोलनसँगै छौँ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ”, अध्यक्ष दाहालले भने,“लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तै उस्तै भनेर बुझ्नु हुँदैन ।”

प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसर भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नरहेको उल्लेख गर्दै उहाँले संविधानले नै नदिएको अधिकार कोही कसैले पनि प्रयोग गर्न नहुने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्