खड्क सुनार
माघ २५, मुगु ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलमध्येको एक रारा हिउँले ढपक्क ढाकिएको छ । महेन्द्र तालको नामले समेत चिनिने रारा समुद्र सतहदेखि २९९० मिटर उचाईमा रहेको छ । पर्यटकीय स्थल रारा यतिबेला हिउँले ढपक्क ढाकिएपछि सुन्दर बनेको छ ।
पर्यटकका लागि महत्त्वपूर्ण रहेको राराका साथै आसपासका स्थानहरु पनि सेताम्ये बनेका छन् ।मनै लोभ्याउने रारा तालमा यतिबेला स्थानीय युवायुवति,बालबालिका रारा घुम्नका लागि पुगेका छन् ।
रारा तालमा हिमपात भएपछि त्यस स्थानका होटल, होमस्टेहरु पनि भरिभराउ भएका छन् । कोरोना महामारीका कारण यसवर्ष बाह्य तथा आन्तरिक पर्यटकको संख्या कम भएपनि राराको सौन्दर्यले सबैलाई आकर्षित बनाएको छ ।


