प्रधानमन्त्रीको सुःखी नेपालीको नारा दुःखी नेपालीमा परिणत भयो : संग्रौला – Kanika Khabar
Friday, October 16Nepali News Portal

प्रधानमन्त्रीको सुःखी नेपालीको नारा दुःखी नेपालीमा परिणत भयो : संग्रौला

    मा प्रकाशित

सरिता चलाउने
माघ २५, सल्यान ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्रीको सुःखी नेपालीको नारा दुःखी नेपालीमा परिणत भएको बताउनु भएको छ ।

आज सल्यानको सदरमुकाम खलंगामा प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेतृ संग्रौलाले कम्युनिस्टको हातमा सरकार जाँदा जनताले दुःख मात्र पाएको बताउनुभयो ।

महिला संघकी पूव केन्द्रिय अध्यक्षसमेत रहनुभएकी संग्रौलाले कम्युनिस्टको सरकारले संविधानमाथि नै कु गरेर तानाशाही प्रवृति झल्काएको बताउनुभयो ।

तीन वर्षसम्म कम्युनिस्ट सरकारले देशलाई समृद्धितर्फ अघि बढाउने भन्दा पनि अराजकता, द्धन्द्ध, बलात्कार, भ्रष्टाचारलाई प्रशय दिएको उहाँको भनाइ छ । बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले पनि अहिले काँग्रेसको आस गर्न थालेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्