कनिका खबर
माघ २५, दाङ ।
ण
नेपाल बिध्यार्थी संघका नेता जीवन सुबेदिले देशमा अब राजनिति द्वन्द्वको अवस्थामा पुग्ने बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाकादुबै पक्षले आ–आफ्नो तरिकाले आमसभा र शक्तिप्रर्दशनगर्न थालेपछि राजनीति
द्वन्द्वको अवस्था पुगेको बताएका हुन ।
`प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरे लगत्तै दुई धुब्रमा विभाजित भएको नेकपाकादुई समुहनिरन्तर समानान्तर रुपमाआमसभा र प्रर्दशनगर्नमा व्यस्त देखिएका छन्´ देशको राजनीतिको अवस्थामा चिन्ता व्यक्त गर्दै बिध्यार्थी नेता सुबेदिले भने `दुबै समुहका नेताहरुले एक अर्कालाइआरोप, प्रत्यारोप गर्ने क्रमपनि रोकिएको छैन, जस्ले राजनीति द्वन्द्वको सृजना गरेको छ ।´
यसरी निरन्तर आन्दोलन र एक अर्काको विरोधमा उत्रिदा राजनितिक रुपमाद्वन्द्व बढ्न सक्ने उनले बताए ।
राजनीति द्वन्द्वबाट बचाउनको लागी सरकारले गरेको कदम सच्याउँनु पर्ने उनको भनाइ छ ।
` नेपाली काँग्रेसले पनिप्रधानमन्त्रीको कदमको बिरोध गरिरहेको छ´ उनले भने `सरकार समयमा सचिनु पर्छ ।´
दुई तिहाई सरकारलाई जनताले पाँच वर्ष सरकार चलाउनको लागि मत दिएकाले प्रतिनीधि सभा विघटन गर्नु पर्ने आवश्यक नभएको वताएका थिए ।


