नेकपाको विवाद : के सक्लान त विवाद मिलाउन निर्वाचन आयुक्त भण्डारीले ? – Kanika Khabar
Friday, October 16Nepali News Portal

नेकपाको विवाद : के सक्लान त विवाद मिलाउन निर्वाचन आयुक्त भण्डारीले ?

    मा प्रकाशित

नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारी को छविको परिणाममाघ २६, काठमाडौँ ।
छताछुल्ल भएको नेकपाको विवाद कसरी मिलाउने भन्ने सन्दर्भमा प्रयास भइरहेका छन् । आन्तरिक विवादमा जकडिएको नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै दुई धारमा सडकमा उत्रिएको हो । सरकारबाट बाहिरिएको र र सत्तामा रहेको दुबै पक्ष यतिबेला सडकमा रहेका छन् ।
नेकपाभित्रको विवाद मिलाउनका लागि  नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई जिम्मेवारी दिइएको छ । भण्डारीले विवाद मिलाउन सक्ने हुन् या होइनन् भन्ने अड्कल र अनुमान राजनीतिक वृत्तमा चलिरहेको छ ।
माघ २१ मा पदभार सम्हाल्नुभएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् । भण्डारी, नेकपा ओली समूहका महासचिव विष्णु पौडेलसँग निकट मानिन्छन् ।
गत शुक्रबार यो जिम्मेवारी पाएलगत्तै वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारी नेकपाको विवादसम्बन्धी कागजपत्रको अध्ययनमा लागेका छन् । विवादसम्बन्धी निर्णय भने आयुक्तहरूले सामूहिकरुपमै लिने बताइएको छ ।
मत बाझिने अवस्था आउँदा बहुमतले निर्णय गर्ने र बराबरी मत हुँदा प्रमुख आयुक्तले भोट दिने व्यवस्था छ ।आयुक्त भण्डारी लगायत संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्