‘ज्यानमारा मुस्कान’ को पोस्टर सार्वजनिक – Kanika Khabar
Friday, April 26Nepali News Portal

‘ज्यानमारा मुस्कान’ को पोस्टर सार्वजनिक

    मा प्रकाशित

No description available.

कनिका खबर
माघ २६, दाङ ।
नेपाली संगतिको क्षेत्रमा अब छिट्टै रिलिज हुन थालेको ‘ज्यानमारा मुस्कान’ बोलको गीतको पोस्टर सार्वजनिक भएको छ ।

दुर्लभ के.सी.को शब्द रचनामा रहेको ‘ज्यानमारा मुस्कान’ बोलको गीतमा आइएमइ लोक स्टारका विजेता शनि विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको छ । आशिष अविरलको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियो फागुन २ गते रिलिज गरिने भएको छ ।

पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको ‘ज्यानमारा मुस्कान’ बोलको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । माया प्रेमसँग सम्बन्धित रहेको यो गीत युवा पूस्ताका माझमा अझ बढी लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

हाइलाइटस नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिन थालेको निर्माण पक्षले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्