मा प्रकाशित
एजेन्सी ।
भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार १९५ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ८ हजार ९४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै सङ्क्रमितको संख्या १ करोड ८ लाख ४७ हजार ७९० पुगेको छ । भारतमा १ करोड ५ लाख ४६ हजार ९०५ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको संख्या १ लाख ४५ हजार ६ सय ९० छ ।


