नेकपाको प्रचण्ड–नपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दै – Kanika Khabar
Saturday, October 24Nepali News Portal

नेकपाको प्रचण्ड–नपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दै

    मा प्रकाशित

कनिका खबर
माघ २८, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहबीचमा एकअर्काविरुद्ध प्रदर्शन गर्ने प्रतिस्पर्धा नै चलेको छ । प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको प्रदर्शनका लागि बिहान ११ बजे काठमाडौँका विभिन्न स्थानबाट जुलुश निकालिनेछ । बिभिन्न स्थानबाट निस्कने जुलुश भृकुटिमण्डपमा सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । मुख्य जुलुस भने सुन्धाराबाट निस्ने जनाइएको छ । आजको प्रदर्शनमा दुई लाख मानिस सडकमा उतार्ने प्रचण्ड–नेपाल पक्षका नेता झलनाथ खनालले सीआईएनसँगको कुराकानीमा दावी गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले राजधानी काठमाडौंमा दोस्रो पटक शक्ति प्रदर्शन गर्न लागेको हो । यही माघ २३ मा भने नेकपा ओली समूहले नारायणहिटीअगाडि शक्ति प्रदर्शन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । ओली र प्रचण्ड–नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्