प्रचण्ड निर्वाचन आयाेगलाई भने काइते कुराकाे पछि नलाग्दा बेस – Kanika Khabar
Friday, October 16Nepali News Portal

प्रचण्ड निर्वाचन आयाेगलाई भने काइते कुराकाे पछि नलाग्दा बेस

    मा प्रकाशित

कनिका खबर
माघ २८, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
निर्वाचन आयोगलाई ‘काइते’ कुराको पछि नलाग्न समेत आग्रह गरे । उनले आयाेगलाई सही र निष्पक्ष निर्णय गर्न आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्ध अझ कडा आन्दोलन थालिने बताएका छन् । अध्यक्ष प्रचण्डले ओलीकाे ‘निरंकुशता’ विरुद्ध आन्दोलन चर्किने बताएका हुन्।

प्रचण्डले ओलीप्रति इङ्गित गर्दै भने, ‘तपाईंले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजीनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’

अध्यक्ष प्रचण्डले संवैधानिक निकायले विवेक प्रयोग गर्नेमा विश्वस्त रहेको बताउँदै भने, ‘केपीजीलाई हाम्रो अनुरोध छ, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्