अख्तियारको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता – Kanika Khabar
Saturday, October 24Nepali News Portal

अख्तियारको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

    मा प्रकाशित

कनिका खबर
माघ २९, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्र संवैधानिक अङ्गको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउन सफल हुने विश्वास व्यक्त गर्नभएको छ । आयोगको ३० औं वार्षिकोत्सव समारोहमा हिजो सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रबद्र्धन तथा आर्थिक समृद्धिमार्फत राज्यको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउन राजनीतिक दल, कर्मचारी, र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ । अख्तियारको स्थापना नै निष्पक्ष रूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउनु रहेकोले सरकारले त्यसमा सहयोग गर्ने तर हस्तक्षेप नगर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै भ्रष्टाचार गर्ने मात्रै नभई भ्रष्ट मनोवृत्ति राख्ने मान्छेसमेत अख्तियारसँग तर्सिएको भनाई राख्नुभयो । यस्तै अख्तियार प्रमुख राईले विपद्को समयमा अनियमितता भएको भन्दै आयोगमा उजुरी परेको र यसबारेमा क्रमैसँग अनुसन्धान भइरहेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्