तुलसीपुरमा अटो चालकलाई अपहरण गरी लुटपाट गर्ने चार जना पक्राउ – Kanika Khabar
Friday, October 16Nepali News Portal

तुलसीपुरमा अटो चालकलाई अपहरण गरी लुटपाट गर्ने चार जना पक्राउ

    मा प्रकाशित

जीतसागर जी.एम,
माघ २९, दाङ
तुलसीपुरमा अटो चालकलाई अपहरण गरी लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । अटो चालक तेजबहादुर नेपालीलाई अपहरण गरेर लुटपाट गरेको आरोपमा प्रहरीले तुलसीपुर–१२ का २० वर्षका सुमन नेपाली, तुलसीपुर–८ का २० वर्षिय रोहित बिक, तुलसीपुर–६ का १८ वर्षिय सरोज नेपाली र सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का १८ वर्षिय दिनेश डाँगीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले गत पुस ११ गते राती पौने १० बजे तुलसीपुर–५ बसर्पाकमा कोठामा जाने क्रममा रा १ ह २५४६ नम्बरका अटो चालक नेपालीलाई खुकुरी देखाई मार्ने धम्किी दिएर अपहरण गरी तुलसीपुर–१२ महेन्द्र स्कुल पछाडी लगेर कुटपिट गरेर लुटपाट गरको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो । अटो चालक नेपालीबाट पक्राउ परेका चार जनाले नगद, मोबाईल , ज्याकेट लगेको प्रमुख सिंहले जानकारी दिनुभयो । पिडित नेपालीले गत माघ १५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको आधारमा प्रहरीले यही माघ २६ गते साँझ ५ बजेको समयमा आरोपीत चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्