सरकारलेे लाेकतन्त्रमाथि चुनाैति दियाे : प्रचण्ड – Kanika Khabar
Friday, October 16Nepali News Portal

सरकारलेे लाेकतन्त्रमाथि चुनाैति दियाे : प्रचण्ड

    मा प्रकाशित

माघ २९, काठमाडौं ।

प्रचण्ड – माधव नेकपा समुहका  अध्यक्ष प्रचण्डले नेतृ रामकुमारी झाँक्रीलाई  पक्राउ गरेर  सरकारले आफ्नाे चरित्र देखाएकाे बताएका छन् ।

अध्यक्ष प्रचण्डलेे पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल मगर संघको भेलालाई सम्बोधन गर्दै ‘राष्ट्रपतिको बारेमा बोलेको भन्दै हिजो नै पक्राउ गर्न खोजेको थियो तर हामीले जोगायौं । तर आज पक्राउ गरेको खबर आएको छ । यसबारेमा पार्टीले छिटै निर्णय गर्नेछ ।

उनले भने, ‘रामकुमारी झाँक्री पक्राउ गर्नु भनेको कम्युनिष्ट पार्टीको निम्ति चुनौती हो । उनीहरुले उत्पिडित जातिमाथि हमला गर्न खोजेका छन् । उहाँ त छिटै मुक्त हुनुहोला । तर यो भनेको लोकतन्त्रमाथि नै प्रहार हो । यसलाई सफल हुन दिने छैनौँ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्