सामाजिक सुरक्षा भत्ता ऐन २०७५ संशोधन गर्न सरकारलाई निर्देशन – Kanika Khabar
Wednesday, May 22Nepali News Portal

सामाजिक सुरक्षा भत्ता ऐन २०७५ संशोधन गर्न सरकारलाई निर्देशन

    मा प्रकाशित

कनिका डेस्क

जेठ १२, दाङ ।

प्रतिनिधिसभा कानुन न्या तथा मावअधिकार समितिले सामाजिक सुरक्षा भत्ता सम्बन्धी सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आज बसेको बैठकले असहाय एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सो ऐन संशोधन गर्ने विधेयक चालु अधवेशनमा पेश गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

दुई वर्षअघि संसदबाट पारित भएको ऐनमा एक महिला भत्ता ६० वर्षपछिमात्र पाउने व्यवस्था गरिएपछि सोही ऐन कार्यन्वयन गर्न सरकारले पत्राचार गरेको थियो । सो परिपत्रको विरोध भएपछि सरकार ऐन संशोधनको तयारीमा छ । सामाजिक सुरक्षा ऐन २ वर्षअघि पारित हुँदा संसदको राज्य व्यवस्था समितिले कमजोरी गरेको सांसदहरु बताउँछन् । सोही कमजोरीका कारण अहिले सरकार विवादमा परेपछि ऐन सच्याउने प्रक्रिया शुरु भएको छ ।

संसदको यही अधिवेशनमा संशोधन विधेयक ल्याउन र सबैखाले एकल महिला तथा अपांगता भएकाहरुले पाइरहेको भत्तालाई निरन्तर दिन समितिले सरकारको ध्यानाकर्षण गराएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो । सरकारले विधेयक ल्याउँदा छुटेको भए पनि संसदको सम्बन्धित समितिले त्रुटि सच्याउनुपर्ने पोखरेलले बताउनुभयो । समितिले कोरोना लकडाउनको समयमा जातीय छुवाछुत, बलात्कार र जबर्जस्ती गर्भपतन गर्ने जस्ता कार्य बढेको भन्दै त्यस्ता कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्