लक्ष्मण बस्नेत
माघ ३०, दाङ ।
दाङ तुलसीपुर अरनिको मैदानमा सञ्चालित दोस्रो जिल्ला स्तरीय महिला तथा पुरुष खो खो प्रतियोगिता २०७७ को फाईनल भीडन्त शनिवार हुने भएको छ ।
दाङ जिल्ला खो खो संघ को आयोजनामा जारी प्रतियोगिताको पुरुष तर्फ आयोजक तुलसीपुर ए र सहिद स्मृति आबासीय माध्यामिक बिद्ययालय ए फाईनल प्रवेश गरेका छ्न् । आयोजक तुलसीपुर ए ले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सहिद स्मृति आबासीय बि लाई १५ का विरुद्ध १६ अंक स्कोर ले पाखा लगाउदै फाईनल यात्रा तय गरेको हो ।
त्यस्तै सहिद ए ले साधना पाठशाला बेलुवालाई सेमिफाइनल खेलमा ७ का विरुद्ध १४ अंक स्कोरले पछाडि पार्दै आयोजक तुलसीपुर ए सँँगकाे फाईनल भिडन्त पक्का गरेको हो । त्यस्तै महिला तर्फको खेलमा आयोजक तुलसिपुर र सहिद स्मृति आबासीय मा बि ले फाईनल यात्रा तय गरेका छन् ।
स्थानीय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकास मा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता को पुरुष तर्फ ५ र महिला तर्फ ३ टिमको सहभागिता रहेको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिता को फाईनल खेल शनिवार बिहान १० बजे हुने खो खो प्रशिक्षक उषा कवर मगरले जानकारी दिनु भएको छ ।
प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खो खो संघ का कार्यबाहक अध्यक्ष जय बहादुर घर्तीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डागिको प्रमुख आतिथ्य मा भएको थियो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथिि डाँगी ले मानव जीवनको अभिन्न अंग खेलकुदको उच्च आदर्श लाई पालना गर्दै अगाडि बढ्न आग्रह गर्नु भयो । सो अबसरमा दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष बालकृष्ण शाह,अनेरास्वबियुका केन्द्रीय सदस्य प्रकाश शर्मा लगायत शुभकामना मन्तब्य राख्नु भएको थियो !।कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
यसैबीच आयोजकले भोलि शनिवार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोह मा उपस्थिमा खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजीवी, उद्ययाेगी, ब्यबसायी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।


