फागुन १, दाङ ।
तत्कालीन माओवादीले सशस्त्र युद्ध थालेकाे आज २६ वर्ष पुगेको छ । आजभन्दा २६ वर्ष पहिले तत्कालीन माओवादीले राज्यविरूद्ध हतियार उठाएको थियो ।
आज ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै छन् ।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो ।
नेकपा ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित भएकाले दिवस मनाउने दृष्टिकोणमा पनि विभाजन छ । ‘जनयुद्ध’ दिवस यो वर्ष नेकपाभित्र दाहाल–नेपाल समूहले मात्रै मनाउँदै छ ।


